मुम्बई । फिल्म निर्देशक सञ्जय लीला भन्सालीले जन्मदिन (२४ फेब्रुअरी) को अवसर पारेर आफ्नो आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ को पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेका छन्। यो फिल्म ३० जुलाई २०२१मा सिनेमा घरमा रिलिज हुनेछ।

भ्यालेनटाइन डेको दिन प्रभासको फिल्म ‘राधे श्याम’ को पनि यही दिन रिलिज गर्ने घोषणा गरिएको थियो। प्रभासको फिल्म पनि ३० जुलाईमा रिलिज हुने जान्दाजान्दै पनि भन्सालीले आफ्नो फिल्म यही मितिमा रिलिज गर्ने घोषणा गरेका छन्। प्रभासको फिल्म निकै ठूलो बजेटको छ। यसमा प्रभासजस्ता धुरन्धर कलाकार छन्। यसले आलियाको फिल्मलाई निकै घाटा पुग्ने आकलन गरिएको छ। केहीले दुवै फिल्मका दर्शक फरकफरक रहेकाले खासै असर नगर्ने आकलन गरे पनि धेरैले यो जुधाइँलाई रहस्यमय मानेका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।