एमालेकै नेता भन्छन्– ‘चुनाव हुन रेग्मीले राजीनामा दिनुपर्छ’

 असोज ६ । नेकपा एमालेका केन्द्रीय सदस्य  तथा  पूर्वउर्जा मन्त्री गोकर्ण विष्टले चुनाव हुन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधीशबाट राजिनामा दिनुपर्ने बताएका छन् ।
 नेकपा–माओवादी लगायतका ३३ दलहरुलाई चुनावमा ल्याउन रेग्मीले  प्रधानन्याधीश पदको  राजिनामा दिनु आवश्वक रहेको उनको  भनाइ रहेको छ ।
प्रेस चौतारीद्धारा तम्घासमा  गरिएको पत्रकार सम्मेलनमा  उनले  यस्तो धारणा व्यक्त गरेका  हुन् ।
नेकपा–माओवादीलगायतका दल चुनाव बहिस्कारको मुख्य कारण रेग्मी नै  भएकोले माओवादीलाई चुनावमा ल्याउन रेग्मीले राजिनामा दिनुपर्ने उनले भनाइ थियो ।बिष्टले नेकपा एमाले सुरूदेखि नै रेग्मीले प्रधानन्यायधीश पदबाट राजिनामा दिनु पर्छ भन्दै आएको पनि बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।