Thursday, September 24, 2026
20.1 C
Kathmandu
Home राजनीति प्रचण्ड र माधव पक्ष अब आ–आफ्नै पार्टीमा

प्रचण्ड र माधव पक्ष अब आ–आफ्नै पार्टीमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ–आफ्नै दलमा फर्किएर एकताको प्रयास गर्ने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै फर्किने भएका छन् भने प्रचण्डहरू पेरिसडाँडामै रहने भएका छन्। आ–आफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए।

सर्वोच्च अदालतले नेकपा आधिकारिकता विवादको मुद्दामा आइतबार फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिदै एमाले र माओवादी केन्द्र व्युँताउने फैसला गरेको थियो। त्यो फैसलापछि अलगअलग हुने निर्णय गरेका हुन्। पेरिसडाँडामा बैठकपछि सञ्चारकर्मीसँग वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग हिँड्ने प्रतिक्रिया दिएका छन्। उनले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्नुका साथै पार्टीभित्र संघर्ष गर्ने दाबी गरेका छन् ।

आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदारहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने उनीहरुले निर्णय गरेका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।