सत्ता टिकाउन रेशम चौधरीको मुद्धा फिर्ता लिन सरकार तयार

काठमाडौं । सरकारले सत्ता टिकाउन लागि अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरीको मुद्धा फिर्ता लिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा हिजो भएको छलफलमा रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन गरिनुपर्ने जसपाले माग राखेको थियो । त्यसमा प्रधानमन्त्री सकरात्मक बनेका छन् । अब जसपाका माग सम्बोधन गर्न आजदेखि कार्यदल स्तरमा कुराकानी गरेर समझदारी कायम गरिनेछ । जसपा सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउन सफल हुनेछन् । त्यसो हुँदा कांग्रेस र नेकपा माओवादी केन्द्र प्रतिपक्षको भूमिकामा रहनेछन् ।