माधव-झलनाथ पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष केपी ओलीद्वारा आयोजित चियापान कार्यक्रम बहिस्कार गर्ने भएका छन् । अध्यक्ष ओली समूहका नेताहरुसँगको छलफलपछि फर्किएपछि बानेश्वरमा बसेको​ खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै आफ्नो समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान पनि बैठकले निर्देशन दिएको छ । ओलीले भोलि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् । यस्तै खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नरोक्ने भएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षको भनाइ छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला