आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौं ७ चैत । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ ।
दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरीको आउने सम्भावना रहेकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।