दिप बहादुर घर्ति
साउन २५ । जाजरकोटमा नेकपा–माओवादीले एक महिनाका लागि पार्टीको फलामे तागत केन्द्रित गर्न चुनाव बहिस्कार अभियान सन्चालन गरेको खुल्न आएको छ ।

जिल्लाका सम्पुर्ण गाउँ बस्तिमा पुगेर जनतालाई विचार राजनीतिक प्रशिक्षणका क्रममा यस्तो अभियान सुरु गरेको स्रोतले बताएको हो ।

जिल्लामा दुई कमानमा संन्चालन गरिएको अभियान पुर्वि कमानमा बिहीवार सक्ला गाउँ कमिटिको पार्टी प्रशिक्षण सम्पन्न भएको भेक राज्य समिटी सदस्य प्रताव जैसी ज्योतिषले बताए । पुर्वी कमानमा चुनाव बहिस्कार अभियानमा जनताको ब्यापक सहभागिता रहनेमा आफुहरुलाई आत्मा विस्वास पैदा भएको ज्योतिषले भने ।

पश्चिम कमानमा मंगलवार गर्खाकोट गाउँ कमिटिको पार्टी प्रशिक्षण तथा बैठक सम्पन्न भएको स–सेक्रेटरी प्रेम चलाउने अनन्तले शताए ।

उक्त बैठकले जनताको घरदैलो सम्म अभियान पुग्ने गरि चुनाव बहिस्कार जनचुले अभियान सन्चालन गर्ने निर्णय भएको अनन्तले भने । बिहीवार एरिया नं.७ को सानाखोलामा पार्टी एरिया प्रशिक्षण सम्पन्न भएको सेक्रेटरी इमाश्वर देवकोटा विरागले बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य गगन बहादुर खड्का जीवनले पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै पार्टीको फलामे तागत केन्द्रित गर्न पार्टीले देशब्यापी रुपमा चुनाव बहिस्कार अभियान संन्चालन गरेको केन्द्रिय सदस्य जीवनको भनाईलाई विरागले चर्चा गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।