साउन २५ । अविरल वर्षापछि गएको पहिरोबाट जाजरकोटको गर्खाकोटमा दुई जनाको मृत्यु भएको छ ।

पहीरोमा गर्खाकोट ३ का ५५ बर्षीय लिलु सिंह र उनकै १० बर्षीय छोरी देविका सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृतक लिलु सिंहकि ४१ बर्षीय श्रीमती पदमी सिंह र ५ वर्षिय छोरा कृष्ण सिंह गम्भिर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागी स्थानिय प्रशासनको पहलमा गृह मन्त्रालयको हेलिकप्टरद्घारा नेपालगन्ज लगिएको श्रोतले जनाएको छ ।

राति आएको पहिरोले घर बगाएर दुई जनाको मृत्यु, दूई जना गम्भिर घाईते हुनुका साथै ५ वटा बाख्रा र १ वटा गाई पनि मरेको जिल्ला प्रहरी कार्यालयका ईनेस्पेक्टर ज्ञानेन्द्र बस्नेतले बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।