काठमाडौं २ असोज

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । उनलाई आज बसेको मन्त्रीपरिषद बैठकले निलम्बन गरेको हो ।

सरकारले उनलाई काममा राम्रो सहयोग नगरेको तथा गुटवन्दी गरेको आरोप लगाएको छ । उनी यसअघि आयल निगमको जग्गा खरिद सम्बन्धी अनियमिततामा संसदका विभिन्न समितिबाट दोषी ठहर भएका थिए । समितिले उनलाई बर्खास्त गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।