भाईराम चौलागाईं – लिम्बु जातिहरुलाई एकताको एउटै सुत्रमा बाध्न सफल किरात याक्थुङ चुम्लुङ् कुवेतको प्रथम अधिवेशन नोवेम्बर ३० तारिक शुक्रबार का दिन कुवेतको जीलिप स्थित हाईडाईन होटलमा सम्पन्न भएको छ ।

अधिवेशनले शिव सुब्बा मेन्याङ्बोको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन गरेको छ । उपाध्यक्षमा दुर्गा चेम्जोङ र बल बहादुर काङवाङ कोषध्यक्षमा अरुण निङलेखु ,सह-कोषाध्यक्षमा देवी चेम्जोङ महा-सचिवमा रामप्रसाद साँवा, सचिवमा प्रेम कुमार लिम्बु यस्तै सदस्यहरुमा नरेश नेम्वाङ विजय आङबुहाङ, भिम लिम्बु, रमेश चेम्जोङ,निरज लिम्बु, राजेन्द्र जवेगु, देवीका ईमसोङ, सुरेन्द्र चेम्जोङ, विरेन्द्र तुम्बाफो, दिल कुमार जवेगु, देव लिम्बु, श्रमति लक्ष्मी जवेगु, हरि कुमार लिम्बु, सुमन काम्बाङ, नरेन्द्र थाम्सुहाङ, अनुभव खजुङ र हाङ्गसिह चेम्जोङ रहनु भएको छ।

केद्रिय अध्यक्ष उत्तम सिंह थाङ्देनको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा कुवेतका लागि नेपाली राजदुत ममधुवन पौडेल प्रमुख अतिथीका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

अधिवेशनले कुवेतमा रहेका केही प्रबुद्ध लिम्बुहरु विनोद लिम्बु, पूर्ण चेम्जोङ, रुद्र सम्वाहाम्फे र पाष्टर अगम लिम्बुलाई याक्थुङ चुम्लुङ् कुवेतको संरक्षक समितीमा मनोनित गरेको छ। कुवेतमा रहेका लिम्बुहरु २०० जनको हाराहारीमा सहभागी भएर सक्क्षेम नेतृत्व चएन गरी कार्यक्रमलाई भब्य रुपमा सफल बनाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।