हिन्दु धर्मालम्बी नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत यस वर्षको भाई टिकाको शुभ साईत ३० गते ११ बजेर २३ मिनेटमा उत्तम हुने नेपाल पंचाङ्ग निर्णय समितिले जानकारी दिएको छ ।

गतवर्ष डा. बाबुराम भट्टराई भाईटीका लगाउँदै । 

भाईटिका लगाउने समय ११ बजेर २३ मिनेट उत्तम भए पनि दिनभर नै टिका लगाउन सकिने पंचाङ्ग निर्णायक समितिले जनाएको छ ।

भाईटिकाका दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।

यस वर्ष कुकुर पूजा र लक्ष्मिपूजा एकै दिन अर्थात २८ गते मंगलबारका दिन परेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।