कात्तिक २५ – मच्छिन्द्र क्बललाई १–० ले पाखा लगाउँदै सफल पोखरा कपको उपाधी मनाङ मर्स्याङ्दी क्लवले उचालेको छ ।
आज उपाधी रक्षाको लागि भएको प्रतियोगितामा मछिन्द्रलाई १–० गोलले हराउँदै मनाङले उपाधीमाथि कब्जा जमाएको हो ।
सफल पोखरा कपलाई मोसफलको सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता मानिन्छ ।
त्यसो त आज विजेता मनाङले ३ लाख ५ हजार नगर पुरस्कारसहित उपाधी समेत उचाल्न सफल भयो ।
आजको खेलमा मनाङका लागि उपाधी रक्षा गर्न ३५ औँ मिनेटमा निराजन मल्लले निर्णायक गोल गरेका थिए ।
यसअघि फाइनल प्रवेशमा मच्छिन्द्रले यति हिमालयन शेर्पालाई जितेको थियो भने मनाङले भने एनआरटीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो ।
आजको खेलमा मनाङले ३ लाख ५ हजार र ट्रफी उचाल्दा उपविजेता मच्छिन्द्रले भने १ लाख ५० हजार नगर र ट्रफी पायो ।