कात्तिक २१ – पोखरामा मोटरसाइकलमा आएका लुटेराहरुले छुट्टाछुट्टै ठाउँबाट करिब साढे सात तोला बराबरको सुन लुटेर लगेका छन् ।

पोखरा उपमहानगरपालिका–१ बस्ने ५६ वर्षीया प्यारीमाया गुरुङले लगाएको साढे चार तोला बराबरको सुनको सिक्री मोटरसाइकलमा आएकाहरुले लुटेर लगेका हुन् ।

त्यसैगरी, उपमहानगरपालिका-१५ प्रतिमाटोल बस्ने ६० बर्षीया बहिस्णदेवी वि.क.ले लगाएको डेढ तोलाको सुनको सिक्री र लामाचौर-३ बस्ने ज्ञानीमाया गुरुङको २ तोलाको सिक्री पनि हिजो त्यहाँ मोटरसाइकलमा आएका लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलको मोटरसाइकल नम्बर भने खुल्न सकेको छैन ।

घटनामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य पनि जारी रहेको प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।