कात्तिक २० – भारतमा भारी वर्षाका कारण २२ जनाले ज्यान गुमाएका छन् । आन्ध्रप्रदेश राज्यमा निलम आँधी पछि आएको बाढीका कारण उनीहरुको ज्यान गएको हो ।

भारतीय मौसम विभागले त्यहाँ अझै दुई दिन लगातार वर्षा हुने अनुमान गरेको छ । निलम आँधी पछि आएको बाढिले आन्ध्रप्रदेशका ६ वटा राज्यका मानिसको जनजिवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आँधीकै कारण आन्ध्रप्रदेश नजिकको तमिलनाडु राज्यमा पनि कम्तिमा १० जनाको ज्यान गईसकेको पनि बताइएको छ ।

यता, आन्ध्रप्रदेशमा भने अहिले सवारी साधन र रेलसेवा समेत ठप्प रहेका छन् ।

चक्रवात पछिको लगातारको भारी वर्षाले त्यहाँ १५ सय घर क्षतिग्रस्त भएको र हजारौ मानिस घर छाडेर उद्धार शिबिरमा शरण लिन पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।