असोज २७ – पर्सामा हाल तीन सय ५२ जनामा एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

जिल्लामा स्वेच्छिक परामर्श तथा रक्त परीक्षण गराउन आउनेहरूमध्ये हालसम्म ३५२ जनामा एचआइभीको सङ्क्रमण देखिएको जिल्ला एड्स समन्वय समितिका संयोजक स्वेता सरितले बताउनुभयो


उहाँले भन्नुभयो, “सङ्क्रमितमध्ये महिलाको सङ्ख्या १५२ जना छन् ।”

संयोजक सरितका अनुसार जिल्लामा सङ्क्रमित बालबालिकाको अवस्थालाई हेर्ने हो भन्ने १५ वर्ष भन्दामुनिका २७ जना रहेका छन् । एचआइभी÷एड्सका कारण पर्सामा हालसम्म नौ जना महिला गरी २४ जनाको मृत्यु भइसकेको छ ।

यो तथ्याङ्क जिल्लामा सञ्चालित स्वेच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्रहरूमा रक्त परीक्षणका लागि आउने रोगीहरूलाई मात्र समावेश गरिएको छ, संयोजक सरितले भन्नुभयो, “केन्द्रमा रक्त परीक्षणका लागि नआउनेहरूलाई हेर्ने हो भन्ने जिल्लामा झण्डै पा“च सयको हाराहरीमा एचआइभी सङ्क्रमित रहेको अनुमान छ ।”

एचआइभी सङ्क्रमितको सङ्ख्या सहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रमा देखिएको छ, उहाले भन्नुभयो, “गत वर्ष पर्सामा देखापरेको ४६ जना एचआइभी सङ्क्रमितमध्ये वीरगन्ज उपमहानगरपालिकाभित्र पाँच जना र बा“की ४१ जना पर्साका ग्रामीण भेकका रहेका छन् ।”

“बढ्दो बेरोजगारी र त्यसका लागि विदेशिनेको सङ्ख्यामा आएको वृद्धिका कारण एचआइभी सङ्क्रमितको दर जिल्लाको ग्रामीण क्षेत्रमा बढी छ,” संयोजक सरितले भन्नुभयो, “एचआइभी सङ्क्रमित हुनुका प्रमुख कारणमा असुरक्षित यौनसम्पर्क, लागुऔषध र छाला छेड्ने अप्रशोधित सूईको प्रयोग बढी जिम्मेवार देखिएको छ ।”

एचआइभी सङ्क्रमित श्रीमान्बाट निर्दोष गृहिणीहरूमा पनि एचआइभी सङ्क्रमित भएको सङ्ख्या यहा“ कम छैन, एचआइभी सङ्क्रमितमध्ये एक तिहाईभन्दा बढी २५ देखि ३० वर्ष उमेर समूहका युवायुवती छन् ।

अशिक्षा र गरिबीका कारण घरपरिवारका गर्जो टार्न यस क्षेत्रका धेरैजसो युवा तथा पुरुषहरू भारतका विभिन्न सहर तथा तेस्रो मुलुक रोजगारीका लागि जाने गर्दछन् ।

लामो समयसम्म घरपरिवारबाट टाढा बस्ने उनीहरुमध्ये कतिपयले अज्ञानतावस असुरक्षित यौन सम्पर्क वा जोखिमपूर्ण व्यवहारमा लाग्न पुग्छन् जसका कारण उनीहरू अन्जानमै एचआइभी सङ्क्रमित भएर स्वदेश फर्किन्छन् । परिणाम, आफूमात्र नभई श्रीमती र छोराछोरीसमेत नगरिएको गल्तीको सजाय भोग्न बाध्य तुल्याउ“छन् ।

“रोग परीक्षण गराउने मानसिकताको कमी, एचआइभी परीक्षणमा प्रयोग हुने साधन स्रोतको अभाव, बहुसङ्ख्यक जनतामा व्याप्त गरिबी, अशिक्षा र चेतनाको अभाव तथा बेरोजगारी र त्यसका लागि विदेशिनेहरूको सङ्ख्यामा आएको वृद्धिका कारण एचआइभी सङ्क्रमितको दर जिल्लामा बढ्दो छ”, जिल्ला एड्स समन्वय समितिका सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत इन्द्रप्रसाद यादवले भन्नुभयो ।

हुनत एचआइभी/एड्सविरुद्ध काम गर्न जिल्लामा कैयौं स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्था अघि नसरेका होइनन् ।

सरकारले समेत यस्ता समस्याको निराकरणका लागि प्रतिबद्वताका साथ विभिन्न नीति, योजना र कार्यक्रम सञ्चालन गर्दै आएको पनि छ । तर समस्याप्रति सम्वेदनशील भएर गम्भीरता नदेखाउनु र प्रभावकारी एवम् व्यवस्थित ढङ्गबाट कार्यक्रम सञ्चालन हुन नसक्नु नै समस्या न्युनीकरणमा बाधा देखिएको एचआइभी सङ्क्रमितहरूको दाबी छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।