असोज २७ – अभिनेता तथा निर्माता नवल खड्काको अध्यक्षतामा नेपाल चलचित्र कलाकार संघमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

राजधानीमा शनिबार राजनीति गुटबन्दीका साथ संघको ११ औं साधारणसभा निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी गिरीधारी बाँस्तोला ‘सविन’ लाई भारी मतले उछिन्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २२१ र बाँस्तोलाले १५९ मत ल्याएका थिए ।

अध्यक्षले एक उपाध्यक्ष र तीन सदस्य मनोनयन गर्नेछ । मनोनयनसहित २१ सदस्यीय कार्यसमिति हुनेछ । संघको नयाँ कार्यसमितिका लागि भएको मतदानमा महासचिवमा रामकेशर बोगटी १५७ र सचिवमा उत्तम केसी १६१ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा आकाश खबास र सह–कोषाध्यक्षमा नायिका निशा अधिकारी निर्विरोध भएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी गिरी र राजाराम पौडेल निर्वाचित भएका छन् ।

सदस्यहरूमा नायिका सुमिना घिमिरे, पुजना गुरुङ ‘स्त्री’, सुस्मिता कार्की, मनोज श्रेष्ठ, सुशील पोखरेल, प्रदीप सिंह, विजय देउजा, शंकर बिसी, सरोज केसी र श्रीराम पुडासैनी निर्वाचित भएका छन् । सुमिनाले १७६ मत ल्याएर सबैभन्दा धेरै मत ल्याएर विजयी हुने सदस्य बनेकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।