लिस्बोन – नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलले बिगत लामो समयदेखि बिरामी परि नेपाल फर्किन लागेका काठमाडौँ निवासी ४२ बर्षीय श्यामकृष्ण मगरलाई युरो ३०० आर्थिक सहयोग प्रदान गरेको छ ।
पोर्चुगलमा बसेर काम गर्न नसक्ने अवस्था भएपछि मगर नेपाल फर्कन लागेका हुन् । आइतबार लिस्बोनको मार्केश पोम्बाल पार्कमा महासंघका सल्लाहकार तथा पदाधिकारीहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको हो । सोहि अवसरमा संघका अध्यक्ष दावा सांगे पाख्रिनले मगरको स्वास्थ लाभ र शुभ-यात्रा कामना गर्दै खादा ओढाएका थिए ।
यसैगरि संघले थप दुई जना बिरामीहरुलाई पनि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । दुवै मिर्गौला बिग्रिएका गोर्खा जिल्ला निवासी ४३ बर्षीय कान्छा गुरुङलाई आर्थिक सहयोग स्वरूप यूरो १०१ उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै बोनम्यारो रोगबाट पिडित उदयपुर जिल्ला निवासी १७ बर्षीय बिष्णुमाया आले मगरलाई पनि सहयोग स्वरूप यूरो १०१ प्रदान गर्ने निर्णय गरिएको छ ।