असोज १ – सवारी दुर्घटनामा परी नवलपरासीका प्रहरी प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी र निमित्त स्थानीय विकास अधिकारीसहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा नवलपरासीका प्रहरी उपरीक्षक ज्ञान विक्रम खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी ओम प्रकाश पाण्डे, निमित्त स्थानीय विकास अधिकारी मानबहादुर खड्का, गाडी चालक र दुईजना सुरक्षाकर्मी घाइते भएका हुन् ।

नवलपरासीको दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको पुल भत्केर आवागमनमा अवरुद्ध भएपछि त्यसको अवलोकन गर्न जाने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् ।

प्रहरी प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी र निमित्त स्थानीय विकास अधिकारी चढेको गाडी दाउन्नेको ओरालालोमा एक ट्रकसँग ठोक्किन पुगेको थियो ।

घाइते सबैको उपचार हाल भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।