चीनको एक अनुसन्धानले त्यहाँ ४० प्रतिशत महिलाहरु सेक्स जीवनमा असन्तुष्ट रहेको तथ्य बाहिर ल्याएको छ ।
चाइना पपुलेशन कम्युनिकेशन सेन्टरले नेशनल पपुलेशन एण्ड फ्यामिलनी प्लानिङ कमिनशन अन्तर्गत गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर ल्याएको हो ।
उक्त अनुसन्धानमा करिब ६० प्रतिशत महिलाहरू भने अनियोजित गर्भधारणलाइ लिएर चिन्तित रहेको तथ्य पनि उल्लेख गरिएको छ ।
रिपोर्टमा दुइ जना बिचको आदर्श यौन सन्बन्धले महिलाहरूलाइ आफ्ना पार्टनरका साथमा सन्बन्ध अझ राम्रो बनाउन मद्दत पुर्याउने सुझाव पेस गरिएको छ । तर चिनीयाँ महिलाहरूमा यस प्रकारको यौन सन्बन्धमा तिक्तता रहेको अनुसन्धानमा उल्लेख छ ।
अनुसन्धानका लागि करिब ३००० भन्दा बढी महिलाहरुलाई सअभागिता गराइएको थियो ।
अनसन्धानले ५७.६ प्रतिशत महिलाहरूले आफ्ना पार्टनरसंग यौन भावनाका बारेमा कुरा गर्न नचाहेको र करिब ७० प्रतिशत महिलाहरूले अप्रत्यक्ष रूपमा यौन शिक्षाको जनाकारी पाएको पनि उललेख गरिएको छ । – एजेन्सीको सहयोगमा