भदौ २०, रासस – महोत्तरी जिल्लाको पशुपतिनगरमा गएराति गोलीप्रहार गरी छोराले आमाको हत्या गरेको छ ।

महोत्तरीको उत्तरवर्ती गाउँ पशुपतिनगर– २ मा आपसी विवादमा २७ वर्षीय काछो छोरा रामबाबु ठाकुरले चलाएको गोली लागी ४५ वर्षीया आमा सुमित्रादेवी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घटनापछि प्रहरी चौकी पशुपतिनगरले निजको घरमा खानतलासी गर्दा नलकटुवा– १ थान र सोमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाएको छ ।

गोलीप्रहार गर्ने रामबाबु ठाकुर भने फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।