भदौ १० – चन्द्रमामा पहिलो पटक पाइला टेक्न सफल नील आर्मस्ट्रङको ८२ बर्षको उमेरमा निधन भएको छ ।

आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा ३८ बर्षको हुँदा चन्द्रमाको धरातलमा पहिलो पटक मानव पाइला टेकेका थिए ।
उनको ८२ औं बर्षको जन्मदिनको दुर्इ दिन पछि शनिबार मृत्यु भएको हो । मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

आर्मस्ट्रङले गत अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरेका थिए । उनी नासाको अपोलो ११ स्पेसक्राफ्ट मिसनको कमान्डर रहेका थिए ।

आर्मस्ट्रङको मृत्युको खबर सार्वजनिक भएपछि एक विज्ञप्ति जारी गर्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनको निधनप्रति दुःख व्यस्त गरेको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।