भदौ ३ – मानव अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला कारागारमा थुनामा रहेका एक बन्दीको मृत्यु भएको छ ।
खुट्टामा घाउ भएर उपचार गराइरहेका चन्द्रगढी–७ का २२ वर्षीय विनोद केरुङको घाउकै इन्फेक्सनका कारण मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनका अनुसार अढाइ महिनाभन्दा लामो समयदेखि उनको धरान, विराटनगर तथा झापाका अस्पतालमा उपचार भएको थियो ।
उनलाई साउन २० गते उपचारका लागि नोवेल अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको प्रहरीको भनाइ छ । उनी वैशाखदेखि थुनामा थिए ।
Watch Video
Comments