भदौ ३ – हमी धेरै नेपाली दाजुभाई यहाँ गर्ने ठाउँ नपाएर त कति नजानेर विदेशमा पसिना बगाउन बाध्य हुनु परेको छ ।
तर केही उदाहरणहरुले नेपालमै पनि केही काम गरेर राम्रै पैसा कमाउन सकिनछ भन्ने सन्देश दिईरहेको छ । त्यसको एक उदाहरण मध्ये झापाको पशु व्यापार पनि हो ।
पशुपालनका साथै यसको व्यापारबाट मनग्य आम्दानी हुन थालेपछि कतिपय झापाली पशु व्यापारतर्फ आकर्षित भएका छन् ।
झापामा गत आर्थिक वर्षमा पाँच अर्ब आठ करोड ६३ लाख ४२ हजार रुपैयाँबराबरका विभिन्न जातका पशुको व्यापार भएको देखिएकाले यसतर्फ किसान र व्यापारी आकर्षित भएका हुन् ।
जिल्लाका विभिन्न २० वटा हाटबजारमा गत आर्थिक वर्षमा गाई, गोरु, भैँसी, राँगो, बङ्गुर, बाख्रा, खसी, बोका र कुखुरासहित सो मूल्यबराबरको बिक्री भएको हो ।
खुदुनाबारी, धुलाबारी, सुरुङ्गा, बाहुनडाँगी, कोहोबरा, केचना, राजगढ, घैलाडुब्बालगायतका गाविसमा प्रत्यक साता लाग्ने हाटबजारमा किसान र व्यापारी विभिन्न पशु बिक्रीका लागि ल्याउने गर्छन् ।
त्यसैगरी, दूघे, शनिश्चरे, घेराबारी, पथरिया, चकचकी, डाँगीबारी, पाँचगाछी, शिवगञ्ज, सतासीधाम, बनियानी गाविसका साथै दमक र भद्रपुर नगरपालिकाका हाटबजारमा पशुहाटबाट पशु बिक्री हुने गरेको छ ।
झापाका उपभोक्ताका लागि यहाँ पालिएका खसी, ब्राखाबाट मात्र मासुको माग पूरा नहुने भएकाले भारतबाट अत्यधिक मात्रामा ती पशु आयात भइरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।