साहस न्यौपाने, दुबई, यूएई – मुल नेतृत्व जनयुद्धको लक्ष्यबाट विचलित भई क्रान्तिलाई धोका दिएको तथा शान्ति प्रकृयाको नाममा पार्टीलाई संसदीय भासमा आत्मसमर्पण गराएकाले जनयुद्ध र क्रान्तिको रक्षाका लागि भन्दै एकिकृत नेकपा (माओवादी)बाट अलगिएको नेकपा-माओवादीको बिदेस राज्य अन्तर्गत जनबर्गिय संगठन, नेपाली जनप्रगतिशील मञ्च युएई औपचारिक रुपमा बिभाजित भएको छ।
यही अगस्त १७ शुक्रबारका दिन बरदुबइमा भएको एक ब्रिहत भेलाले नेपाली जनप्रगतिशील मञ्च यूएईका तत्कालिन उपाध्यक्ष रमेश गिरीको नेतृत्वमा २१ सदस्सिय नेपाली जनप्रगतिशील मोर्चा युएई केन्द्रिय समिति घोषणा गर्दै उक्त संगठन औपचारिक रुपमा बिभाजित भएको हो। यसैगरी भेलाले उपाध्यक्ष, महासचिब, सचिब र कोषाध्यक्ष क्रमश: हरी नेपाली र समर बहादुर खत्री, गोकर्ण ओझा, साहस न्यौपाने, बिचारी लामिछने र सदस्यहरुमा बिन्दु गिरी, तारा पौडेल, सुजन ढकाल, छक बुढा, चक्रराज देउकाडी, राजन न्यौपाने, गोबिन्द पन्त, देवेन्द्र रोकाय, प्रकाश लिङ्देल, खड्ग खनाल, मनोज काउचा, उत्तम बिस्वकर्मा, मनिराम योगी, माधव पौडेल र राम बन्दिपुरेलाई सर्बसम्मतिले चयन गरेको छ। सोही भेलाले राजु भुषाल, रमेश न्यौपाने, जँग बहादुर थापा, हरी घर्ति मगर र दिपक बोहरा रहने गरी ५ सदस्सिय सल्लाकार समिती समेत चयन गरेको छ।
भेलालाई संबोधन गर्दै नवगठित मोर्चाका अध्यक्ष रमेश गिरीले एकिकृत नेकपा माओवादीले जनयुद्धको बाटो त्यागेर हजारौ शाहीद, योद्धा, बेपता परिवार जनमुक्तिसेना र कार्यकर्ताको भाबना माथि खेलबाड गरेको, क्रान्तिबाट बिचलित भएको, सामराज्यबाद र बिस्तारबादको दलाली गरेको सत्ता र ब्यक्तिगत स्वार्थको लागि सिंगो पार्टिलाई संसदीय भासमा जाकेकाले जनयुद्ध र क्रान्तिको रक्षा र बिकासका लागि पार्टी बिभाजित हुनुपरेको स्पस्ट पार्दै जनयुद्धको लक्ष्य प्रप्तिकालागी प्रबासबाट जस्तोसुकै योगदान गर्न तयार रहनुपर्ने बाताएका थिए। यहाँ पनि पार्टी र संगठनको नाममा ब्यक्तिगत स्वार्थका लागि मरिमेटने केही अबसरबादिहरु बाहेक अरु सबै साथीहरुले मुल संगठन छाडेको र उनिहरुपनी पछि सबैकुरा बुझदै गएपछि नयाँ संगठनमा संगठित हुने विश्वाश ब्यक्त गर्दै उनले क्रान्तिकारी संगठन निर्माणको पहल यूएइको संगठनले लियको र छिट्टै मध्यपुर्बका अन्य मुलुक र यूरोपमा पनि यसले निरन्तरता पाउने बताएका थिए।
यसैगरी भेलामा आफ्नो मन्तब्य राखदै मोर्चाका उपध्यक्ष हरी नेपालीले महान जनयुद्धको मर्म र भावना माथि खेलबाड गर्ने प्रचन्ड र बाबुरामबाट बर्गिय मुक्ती नहुने बुझेर नै बर्गिय मुक्तिका लागि पार्टीलाई निरन्तर क्रान्तिको दिसामा अगाडि बढाउन पार्टी बिभाजित हुनुपरेको यथार्थ बुझन सबैलाई आग्रह गर्दै जनयुद्धको लक्ष्य प्रप्ती नहुन्जेल सम्म पार्टीले निरन्तर संघर्स गरिरहने भन्दै सबै क्रान्तिकारी शक्तीहरुले प्रतिक्रान्तिकारी र नव संसोधनबादका बिरुद्ध प्रबासबाट निरन्तर खबरदारी गरिरहनु पर्ने आवश्यकता औंल्याउदै त्यसको नेतृत्व नेपाली जनप्रगतिसिल मोर्चा यूएइले गर्ने प्रस्ट परेका थिए।
सहभागिहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गर्दै नेपाली जनप्रगतिशील मञ्चका तत्कालिन संस्थापक मध्येका एक तथा नबगठित मोर्चाका अर्का उपाध्यक्ष समर बहादुर खत्रीले संगठन र जनताको हितमा सिन्को पनि नभाँच्ने तर पदमात्र ओटेर बस्ने तथा संगठनलाई अनिर्णयको बन्दी बनाएर सर्वेसर्वा हुन खोज्ने केही व्यक्तिहरुका कारण बिगतमा संगठनले प्रभाबकारी ढंगले काम गर्ने नसकेको भन्दै विगतका नेतृत्वले जस्तै संगठनलाई मागी खाने भाँडो बनाउन नहुनेमा जोड दिएका थिए।
रमेश गिरिको सभापतित्वमा भएको उक्त भेलामा उपस्थित अन्य सहभगिहरुले पनि आ-आफ्नो बिचार राखेका थिए। भेलापछि बसेको मोर्चाको पहिलो पूर्ण बैठकमा मोर्चाका अध्यक्ष रमेश गिरिले सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवायका थिए। साथै बैठकले बिचारको रक्षाका लागि संगठन बिभाजन जायज भएको निस्कर्स निकाल्दै सबै सदस्यहरुले आ आफुले पाएको जिम्बेवारी इमान्दारिपुर्बक पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। महान जनयुद्ध, जनअन्दोलन २०६२/ ६३ लगायत बिभिन्न राजनैतीक परिवर्तनका लागि जीबन उत्सर्ग गर्ने ज्ञात अज्ञात शाहीदहरु प्रती १ मिनेट मौनधारण गरेर सुरु भएको भेलाको सन्चालन गोकर्ण ओझाले गरेका थिए ।