काठमाडौं ८ माघ ।
आवश्यकता अनुसार आवेदन नपरेपछि सिटिजन्स म्युचुअल फन्ड–१ मा आवेदन दिने म्याद थपिएको छ ।

बिक्री प्रबन्धक सीबीआइल क्यापिटलले आवश्यकता अनुसार आवेदन परेपछि आवेदन रोक्का हुने जनाएको छ । क्यापिटलका अनुसार ढिलोमा माघ १७  गतेसम्म आवेदन दिने सकिने छ ।

सअघि यस फन्डले छिटोमा माघ ७ गते आवेदन बन्द हुन सक्ने जनाएको थियो ।

आइतबार सम्ममा यस म्युचुअल फन्डमा १२ हजार आवेदकले ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

यस फन्डले माघ २ गतेदेखि १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५५ इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।