साउन २० – बागलुङको बिहुँ– १ दोविल्लामा भुंदीखोलामा हाम फालेर एक जनाको आज मृत्यु भएको छ ।

बिहुँ गाविस– ४ का टीकाराम कँडेलका ३० वर्षका छोरा मणिभद्र सदरमुकाम बागलुङ बजारतर्फ आउँदा खोलामा हाम फालेर मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछानेले जानकारी दिए ।

मणिभद्रले केही समय पहिलादेखि मानसिक सन्तुलन गुमाएको पारिवारिक स्रोतले जनाएको छ । सिगानाको सिलीखेतमा उनको शव फेला पारेको स्थानीयले बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।