साउन ९ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभाको निर्वाचन गर्नु कसैको बाध्यता भएमा त्यसको सिकार अरुलाई बनाउन नहुने बताएका छन् ।

पुष्पलाल मेमोरियल कलेज गणेशस्थान, चाबहिलको पाँचौं स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यसअघि संविधानसभा जिवित रहेका अवस्थामा पनि उनले संविधान आफूहरुलाई नचाहिएको र संविधान त माओवादीको मात्रै एजेण्डा भएको भन्ने तल्लो तहको अभिव्यक्ति दिएर आलोचित बनेका थिए ।

कार्यक्रममा उनले अन्तरिम संविधानलाई मिचेर घोषणा गरिएको निर्वाचन सम्भव नरहेको पनि बताए । मंसिर ७ मा निर्वाचन हुनै नसक्ने उनको दाबी छ ।

कार्यक्रममा उनले दलहरुसँग विना परामर्श एकतर्फी रुपमा संविधानसभाको मिति घोषणा गर्नु दिवास्वप्ना मात्रै भएको बताए ।

उनले एकीकृत नेकपा माओवादी लोकतान्त्रिक मूल्य मान्यता विपरित राज्यको संयन्त्रमाथि कब्जा जमाउनेमा लागि परेको आरोप समेत लगाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।