२८ असार, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट गएराति एउटा एसएलआर हतियार गायब भएको छ ।

काममा खटिएका एक प्रहरी जवानले आफ्नो काम सकिएपछि अर्कोलाई हतियार बुझाउन बुझाउन नसकेपछि हतियार हराएको पुष्टि भएको हो ।


प्रहरी जवान डम्बरबहादुर माझीले १५४२१३८४ नम्बरको हतियार फर्काउन नसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी जवान माझीलाई हिरासतमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।