एकपछि अर्को उत्तेजक फिल्महरुको बाढी आउने क्रमकै सिलसिलामा चलचित्र बिन्दासको नाम पनि जोडिन थालेको छ । सो चलचित्रको रिमझिम रिमझिम पानी पर्यो‘ बोलको गीतमा नायिका सुष्माले आफ्नै जवानीलाई छचल्काएकी छन् ।

एक थरिका कुरा मान्ने हो भने त नांगिएर चलचित्र चल्छ भन्ने भ्रम निर्देशक निर्माताहरुमा छ । त्यही भएर उनीहरु सक्दो यसैमा ध्यान केन्द्रित गरिरहेका हुन्छन् । अझ अब त भनिन नै थालिएको छ सेक्स जहिले पनि बिक्छ रे ।

जे होस पानीमा छायांकन गरिएको यो गीतमा नायिका सुष्मा कार्की निक्कै नै बोल्ड देखिएकी छिन् ।
चलचित्रबाट नै सिनेमा क्षेत्रमा उदाउने तयारीमा रहेकी नव नायिका रोशनी घिमिरे पनि मझैले पानीमा रुझेकी छिन् ।

यस चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन् भने चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र बिन्दासमा दुईवटा गीत रहेको छ । जस मध्ये एक यही हो हेर्नुहोस :


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।