असार २१ – नेपाल पत्रकार महासंघ पुर्नगठित र रुपान्तरित हुँदै क्रान्तिकारी पत्रकार महासंघ (नेपाल) स्थापना भएको छ ।

नेकपा माओवादीका केन्द्रिय सदस्य महेश्वर दाहाल नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संघको बुधबार राजधानीमा सम्पन्न बिशाल राष्ट्रिय भेलाले संघलाई महासंघमा परिणत गरेको हो ।

सो भेलाले नयाँ नेतृत्व र नयाँ कार्यसमिति समेत चयन समेत गरेको छ ।

नयाँ नेतृत्वमा भने जनदिशा दैनिकका सम्पादक कुमार शाह चुनिएका छन् भने भेलाले १३७ सदस्यीय केन्द्रिय समिति समेत गठन गरेको छ ।

 भेलामा देशभरका २ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक उपस्थित रहेका थिए ।

भेलामा बोल्दै पार्टी महासचिव रामबहादुर थापाले सर्वहराको आन्दोलन पुरा गर्न सबै अवसरवादी, विस्तारवाद र तीनका दलालसँग सम्बन्ध विच्छेद गर्न आवश्यक रहेको बताएका थिए ।

 नयाँ नेतृत्व र नयाँ कार्यसमिति चयनपछि निवर्तमान अध्यक्ष महेश्वर दाहालले प्रचण्डपछि आफू नै लामो सयमसम्म अध्यक्ष रहेको भन्दै प्रचण्ड अध्यक्ष पदबाहेक बाँच्न नसक्ने भन्दै व्यंग्य गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।