असार २१ – बाटो खुलाउने क्रममा प्रहरीले रौतहटको गरुडा बजारमा गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गत असार १४ गते भएको सडक दुर्घटनामा स्थानीय राम श्रेष्ठ राउतको मृत्यु भएको विषयमा विरोधमा उत्रीएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।

गोली लागेर मृत्यु हुनेमा लक्ष्मीपुर ६ का स्थानीय रमुद प्रसाद जैसवाल रहेका छन् । त्यसैगरी गोली लागेर घाइते हुनेहरुमा बिरुधी राय यादव, राजेश यादव, दिनेश यादव र राकेश साह रहेका छन् ।

घाइते मध्ये गम्भीर अवस्थामा रहेका बिरुधी राय यादवलाई थप उपचारको लागि वीरगञ्ज लगिएको छ ।

दोषीलाई अहिलेसम्म कारवाही नगरेको भन्दै आज स्थानीयवासीले इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । सो क्रममा त्यहाँ झडप हुँदा प्रहरीले गोली हानेको हो ।

सयौंको संख्यामा आएका स्थानीयवासीले एक्कासी ढुंगामुडा गर्नुको साथै गोली समेत चलाएपछि आफुहरु बाध्य भएर प्रतिरक्षामा उत्रनु परेको प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।