काठमाडौं २८ साउन

सरकारले सप्तकोशीको थप ढोका खोल्न भारतसँग अनुरोध गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपालले यस्तो अनुरोध गरेको हो ।

गृहमन्त्री जनार्दन शर्माले परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई थप ढोका खोल्न आग्रह गरेका थिए ।

त्यसलगत्तै मन्त्री महराले भारतीय राजदूतलाई फोन गरेर थप ढोका खोल्न पहल गर्नका लागि आग्रह गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।