असार ४ – चर्को गर्मी सँगै जति चिसो पेय पदार्थहरु विक्रि भईरहेका छन् त्यसैगरी ती पेय पदार्थमा मानिसले खाँदा असर गर्ने खालका वस्तुहरु भेटिने क्रम बढेर गएको छ ।


केही समयअघि मात्रै पनि राजधानीमै कोकाकोला र फेन्टामा प्लाष्टिक, किला र चम्चा भेटिएको थियो ।

सो घटना सेलाउन नपाउँदै काभ्रेमा पनि फेन्टामा किला र पेप्सीमा ब्लेड भेटिएको छ ।


काभ्रेको धुलिखेलमा रहेको एक होटलमा बिक्रिको लागि राखिएको फेन्टामा २ इन्च लामो फलामको किला र बनेपामा रहेको दाहाल भोजनालयमा आएका उपभोक्ताले पेप्सी भित्र ब्लेड भेटाएका हुन ।

ग्राहकले पेप्सी मागेपछि दिएको र त्यस भित्र सुपर मास्टर नाम लेखिएको ब्लेड भेटिएको हो ।


यसरी उपभोक्ताले महंगो पैसा तिरेर त सामान किन्न बाध्य नै छन् त्यही माथि पनि यस्ता उपभोक्ताको स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने गरी ती कम्पनीहरुले व्यापार व्यवसाय बढाईरहँदा सम्बन्धित पक्ष भने अलिक बढी नै मौन बसेको छ ।

हेर्नुहोस भिडियो कोक फेन्टाहरु पैसा तिरेर किन्दा पनि यस्तो पाउँछन् उपभोक्ताले :-

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।