जेठ ३१ – केही समयअघि नेकपा एमालेभित्र फरक फरक मत राख्ने मुख्य तया तीन गुट केपी गुट, झलनाथ गुट र नेपालगुट हात उठाएरै अबदेखि मिलेर एक ढिक्का भएर जाने निर्णय गरेका थिए ।
त्यस्तै हिजो मात्रै पनि नेपाली कांग्रेस भित्रको दुई गुट देउवा गुट र संस्थापन अर्थात कोइरालागुट पनि अब एक भएर जाने सहमति गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले भ्रातृ संस्था विस्तारको घोषणा गर्नासाथ दस महिनादेखि जारी कांग्रेसको आन्तरिक विवाद समाधान हुने भएको छ । योसँगै असन्तुष्ट बन्दै आएका वरिष्ठ नेता शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठकमा भाग लिने भएको छ ।
संविधानसभा रहँदाका मुख्य दोस्रो र तेस्रो ठूलो दलभित्रको विवाद मिलेर गएपछि अब माओवादी पनि मिल्ने कोसिस गरिरहेको छ ।
हिजै मात्रै संस्थापन पक्ष र वैद्य पक्षबीच भिषण छलफल भयो । तर हिजो भने कुनै कुरो मिल्न सकेको छैन ।
वैद्य पक्षले वर्तमान सरकारको कटाक्ष विरोध गर्दै आएको छ । यो सरकार विदेशीको सहारामा बनेको उनको आरोप छ । सरकारले गरेको हरेक सन्धि सम्झौता राष्ट्रियता विपरित रहेको उसको ठम्याई छ ।
वैद्य पक्षले प्रचण्ड सुध्रिएर आए मात्र पार्टी एक हुने जनाएको छ । तर यहाँ के देखिन्छ भने अहिले पार्टी र विचारको कुरो भन्दा पनि ंसस्थापन पक्ष सत्तामा लिप्सा बनेर रातारात महल बनाइरहेको छ अनि वैद्य पक्षले त्यो गर्न सकेको छैन ।
त्यसैले विचार र सिद्धान्त त होला तर मुख्यतय विवाद भित्रिभित्रम्म आर्थिक रुपमै भएकाले माओवादी भित्रको विवाद भने सजिलै मिल्ला भन्न सकिने अवस्था छैन । तर नमिलेमा भोलि पत्रु बन्नु भन्दा मिल्नु नै ठिक भनेर नमिल्लान भन्ने ठाउँ पनि बाँकी चाँही छैन ।