जेठ २७ – एकीकृत नेकपा माओवादीका  वैद्य पक्षीय सचिव सिपी गजुरेलले आफूहरुलाई जंगल पसेर हतियार उठाउने हल्ला फिजाएको भन्दै उनले आफूहरु जंगल पसेर होइन, शहरमै बसेर राजनीतिक आन्दोलन थाल्ने बताएका छन्  ।

गजुरेलले पार्टीमा चलिरहेको संघर्षले चाँडै नै नयाँ मोड लिने बताए ।

क्रान्तिकारी पत्रकार संघ मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गतेको राष्ट्रिय भेलापछि क्रान्तिकारी छविका नेताहरुलाई समेटेर छुट्टै परिचयका साथ आउने समेत बताए ।

कार्यक्रममा उनले अर्को परिचय बोकेर आउने पार्टीको नाम पनि माओवादी नै रहने समेत उल्लेख गरे ।
यसरी उनले अर्को पार्टीको नाम नै भन्नुले अब चाँही माओवादी फुट्ने लगभग निश्चित भएको हो कि भन्ने चर्चा चल्न थालेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।