असार १ गते नयाँ पार्टी जन्मन्छ, क्रान्ति सफल बनाउन हतियार उठाउन पनि तयार हुनुपर्छ : वैद्य

एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले असार १ गते नयाँ पार्टी जन्मिने बताएका छन् ।

हिमालय टेलिभिजनको ‘द आरडी शो’ का लागि पत्रकार ऋषि धमलासँग गरिएको कुराकानीमा उनले १ गते हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष गरेका हुन् ।

सो क्रममा वैद्यले माओवादीको वर्तमान नेतृत्व र सोचबाट क्रान्ति पुरा हुन नसक्ने भएकाले नयाँ पार्टी आवश्यक रहेको बताएका छन् ।

वैद्यको भनाई छ अहिलेको पुरानो पार्टीले क्रान्ति हाँक्न सक्दैन । नयाँ क्रान्तिकारी विचारलाई अघि बढाउन र नेतृत्व गर्न पनि क्रान्तिकारी पार्टीको आवश्यकता छ ।

क्रान्तिलाई नयाँ उचाईमा पु¥याउन र मुलुकलाई नयाँ निकास दिन पनि भेला निर्णायक हुने उनले उल्लेख गरेका छन् ।

माओवादीको अहिलेको नेतृत्व पक्ष क्रान्तिकारी विचारबाट विचलीत भएको, यसले कम्युनिष्ट पार्टीको जनवादी नीति त्यागेको, जुझारु र शसक्त धार विर्सीसकेको वैद्यको आरोप छ  ।

दश वर्षे जनयुद्ध र संविधानसभाको निर्वाचनपछि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराइले क्रान्तिको लाईन परित्याग गरेर संघीय लोकतान्त्रीक गणतन्त्रमा आउनु नै ठूलो गल्ती भएको वैद्यले बताए । ‘हामी जन गणतन्त्रका कुरा गरीरहेका छौँ । जनगणतन्त्र बिना निकास सम्भव छैन’, वैद्यले भने, ‘प्रचण्डजीले यो मुल लाईनमा धोका दिईरहनुभएको छ । अब प्रचण्डपथ असफल भयो । यस बारेमा राष्ट्रिय भेलामा छलफल हुनेछ ।’

अध्यक्ष प्रचण्ड असफल भएको शान्ति, र संवधान केही दिन नसकेको र जनमुक्ती सेनालाई सेना मातहत बुझाएको वैद्यको आरोप थियो । ‘उनीहरुले कम्युनिष्ट विचार, मर्म र बर्गीय चरीत्रविपरीत सुकुम्बासीलाई लखेटनु भयो, सकुम्वासीको घर ध्वस्त पारे । पुजीवादी शक्तिसँग सम्झौता गरे’, वैद्यले भने, ‘यसमा सुधार नगरेसम्म सँगै जान सकिन्न । यथास्थितिमा सँगै जान सकीन्न ।’

प्रचण्डको नीति असफल भएकाले उनले नेतृत्व पनि छोडनुपर्ने वैद्यको जिकिर थियो । ‘तर हाम्रो लडाइ पदको लागि होईन, सैध्दान्तीक हो । उहाँहरु सिध्दान्तमा विचलीत भएकाले हामीले सैध्दान्तीक लडाई लडनु परेको हो’, वैद्यले भने । परि आयो भने क्रान्तिको नेतृत्व लिन आफु तयार भएको बताउँदै वैद्यले भने, ‘तर प्रचण्ड र बाबुरामजीस“गको हाम्रो लडाईलाई पदको बार्गेनिङका रुपमा नबुझन आग्रह गर्दछु ।’

माओवादी अध्यक्ष प्रचण्डस“ग अहिले पनि आफनो संवाद भने भईनै रहेको वैद्यले ‘आरडी शोमा’ खुलाए । ‘धमलाजी, प्रचण्डजीस“ग मेरा कुरा भईरहेको छ । अस्ती पनि टेलिफोनमा कुरा भएकै हो’, वैद्यले भने, ‘मैले प्रचण्डजीलाई हरेक पटक भनेको छु, उनले पहिले आत्मालोचना गर्नुपर्छ । उहा“को नीति असफल भयो । नयाँ नीतिमा जान तयार हुनुपर्छ । उनले नयाँ जनवादी नीति अंगीकार गर्नुपर्छ ।’

प्रचण्डले पद छाडन र छलफलबाट आफुमा सुधार ल्याउन तयार भएको बताए पनि त्यसमा विश्वास गर्ने ठाउँ भने नरहेको वैद्यले बताए । ‘अब प्रचण्डजीले बोलेर मात्र हुदैन, उहाँका कुरा र आश्वासन त हामीले धेरै सुन्यौं । अब क्रान्तिको पक्षमा प्रतिबध्दतासहित कार्यान्वयन गर्न सक्नुपर्छ । त्यसो भयो भने मात्र सहयात्रा गरेर जान सकिन्छ । अझै पनि ठाउँ छ, प्रचण्डका लागि’, वैद्यले भने ।

प्रधानमन्त्री बाबुराम भट्टराईका बारेमा चर्चा नै नगर्न वैद्यले आग्रह गरे । ‘बाबुरामजीको कुरै नगर्नुस । उहाँ काम चलाउ हो । अब उहाँ हटनुपर्छ । म उहाँलाई प्रधानमन्त्रीका रुपमा पनि लिन्न’, वैद्यले भने ।

अब सबै दल मिलेर राष्ट्रिय सहमतीबाटै निकास खोज्नुपर्ने वैद्यको सुझाव थियो । ‘अब सर्वपक्षीय गोलमेच सभा नै निकासको प्रस्थानविन्दु हो । अहिले संविधानसभाको निर्वाचन हुन पनि सक्दैन । संविधासभा पुनस्थापना गरेर काम पनि छैन । किनकी संविधानसभाले चार वर्षमा केही काम गरेन’, वैद्यले भने । गोलमेच सभाबाटै अन्तरीम सरकार बनाउनुपर्ने उनको सुझाव थियो ।

नेपाली काग्रेस र एमालेको एजेण्डामा आफुहरुको असहमती रहेको वैद्यले स्पष्ट पारे । ‘प्रधानमन्त्री हटाउने कुरामा उहा“हरुस“ग सहमती भए पनि अरु कुरामा मिल्दैन’, वैद्यले भने ।

एक प्रश्नको उत्तरमा बैद्यले जनवादी क्रान्तिका लागि परेमा जनविद्रोहमा गई हतियार उठाउनसमेत पछी नपर्ने बताए । ‘जनविद्रोहमा पनि जन्छौ हतियार पनि उठाउछौं’, वेद्यले भने, ‘क्रान्ति पुरा गर्न कुनै कसर बाँकी राख्दैनौं । किनकी सात सालमा कांग्रेसले हतियार उठाएकै हो । झापा विद्रोहमा एमालेले हतियार उठाएकै हो । क्रान्ति सफल बनाउन हतियार उठाउन पनि तयार हुनुपर्छ ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 2 COMMENTS

    1. comrade dherai kranti ka kura nagarnus…rajniti dherai vo…vot pani haliyo…santi ra sambidhan nai krantiko bato ho vanera sara nepali ra parti haru homiye…tapaika…kura sunda…kranti vaneko sansar batai fail huna lageko afno aparadh…krurata…monopoly lukayera rakhne khalko communism chain kranti ho…sambidhan bata sabai jatjati ra arthik sambhawanalai adhar banai ganatantra sthapana gari arthik sammunnati gardai…sabailai nimnatum adhikarko bebasta garnu chain haina??? Kranti ko artha birsinu vaye jasto chha comrade le…Kranti ko janatale bujne artha bikashunmukh paribartan ho…banduk uthaune kura feri garnu vayo vane afaile ekchoti kanchat ma banduk rakhera trigger tanera hernus…manche jasto chetanshil vayera janme pachhi kasailai marne adhikar tapailai chhaina…varatma gayera lukne tapain hami chain marnu…abaparibartan tapaile malai bujaunu saknu parchha tapaiko dhar thik chha vanera maile vaneka kura tapaile sunnu parchha…dueta ko samajdari ma bato niskanchha…mera goruka bara takka vanna chaddinus…tyesma nepalityo hune chha…kasaile 100 150 barsa agadiko samaj herera banako badd ko pachhi lagnu hunchha vane…pahilai 200 barsa pachhadi pareko desh ajhai pachhadi parne chha tyo nepali janatalai kadapi manya hune chhaina…Ma bikash vako herna chahanchhu…fosro kranti haina…buddi suddi chhaina…khali kranti kranti…hami matra haina raichhaun…aru apni raichhan…milera janu parne raichha vanera bujnu kata ho kata…khali titro jasto karayera manchhe lai nirash parya chha paryachha…

    Comments are closed.