२७ जेठ, काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडकबाट नयाँ शक्तिको उदय भएको घोषणा गरेका छन् ।
राप्रपा नेपाल राजतन्त्र र हिन्दु अधिराज्यको माग गर्ने एक मात्र पार्टी हो । खुलमञ्चमा सो पार्टीले गरेको सभामा सम्बोधनका क्रममा उनले नयाँ शक्तिको उदयको घोषणा गरेका हुन् । राजसंस्थाका पक्षमा वकालत गदै आएका थापाले निर्वाचनबाटै राजसंस्थालाई पुनःस्थापना गर्ने दावी गरे शक्ति प्रदर्शनका लागि राजधानीका खुलामञ्चमा शनिबार आयोजित आमसभालाई सम्वोधन गर्दै थापाले षड्यन्त्रपूर्वक राजतन्त्र र हिन्दुराष्ट समाप्त पारिएको भन्दै अब जनता जान दलहरुलाई चुनौति दिए ।पूर्व राजा ज्ञानेन्द्रलाई केही दिन पर्खन आग्रह गर्दै थापाले भने ’चुनाव भयो भने चुनावबाटै नागार्जुनबाट नारायणहिटी ल्याउँछौं ।
जनतामा जान दिइएन भने सडकबाटै लाखौं जनता नागार्जुन गएर राजालाई नारायणहिटीमा पुनःस्थापना गर्नेछन् ।’ चुवानी सरकार गठन गरेर नयाँ निर्वाचनमा जान आफूहरु तयार रहेको भन्दै चुनाव नगर्ने हो भने २०४७ सालको संविधान पुनःस्थापना गर्न थापाले माग गरे ।
चुवान पनि नगर्ने र ४७ सालको संविधान पुनःस्थापना नगर्ने हो भने सडकबाटै ४७ सालको संविधानलाई पुनःस्थापना गर्ने उनको दावी थियो ।




Thapa ji Gyanendra ko paisale timilai kahile samma pugchha? kina Gyanendra lai narayanhityma lyaune kura garchhau timro khubi chha bhane timi aphai narayanhitima jane kosis gara na yarrrr. Gyanendra ko aayu ni dherai chhaina aba nunko sojho garnu bhanda sakchhau bhane timi aphai narayanhitima jane ghosana garana yarrrrr.