रुकुम ३ जेठ

माओवादी जनयुद्धको उद्गमस्थल मानिएको रुकुमका जनताले स्थानीय तहको निर्वाचनमा माओवादी बाहेकलाई रोजेनन् । जिल्लाभरी स्थानीय तह अन्तर्गत नगरपालिका/गाउँपालिकामा माओवादी बाहेकका दलले जित निकाल्न सकेनन् ।
रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा  माओवादी केन्द्रका देबिलाल गौतम तथा उप मेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनार विजयी भएकी छिन् । 
त्यस्तै सानीभेरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर पुन तारा विजयी भएका छन् भने चौर जहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्रकै बिशाल शर्मा विजयी भएका छन् । 
 त्रिवेणी गाउपालिकामा माओवादी केन्द्रकै  झक्कु प्रसाद घर्ति, आठ बिसकोट गाउँपालिकामा माओवादी केन्द्र कै गोर्ख बहादुर केसी र बाफीकोट गाउँपालिकामा माओवादी केन्द्र कै धर्म बहादुर केसी विजयी भएका छन् ।  
रुकुमको ६ स्थानीय तहमा रहेका ७३ वडा मध्य ६४ वडाको मतगणना सम्पन्न भएको छ ।  जसअनुसार माओवादी केन्द्र ५३, नेपाली काग्रेस १० र नेकपा एमाले १ वडामा मात्र विजयी भएका छन् । अब रुकुम चौरजहारी नगरपालिकाका २ र आठबिसकोट नगरपालिकाका ७ वटा वडाको मतगणना हुन बाँकी छ । 
मतगणना भईरहेको दुई पालिकामा पनि माओवादी केन्द्रका उम्मेदवार ठूलो अन्तरले अग्रता लिईरहेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।