माघ २८ । एक नेपाली नायिका बंगलादेशी चलचित्रमा देखिने भएकी छिन् । अभिनयका लागि नेपाली कलाकारहरु वलिउड तथा हलिउडमा मात्र सिमित रहँदै आएकोमा नेपाली चलचित्रकी नायिका तथा आईटम गर्ल अर्चना देलाल बंगलादेशी चलचित्र ‘सादा कालो आकाशेर क्यानभासे’ (मायाको परिचय) मा नायिकाको रुपमा देखिने भएकी छिन् ।
अर्चनाले राजधानीमाच आयोजित एक कार्यक्रमका बिच सादा कालो आकाशेर क्यानभासे नामक चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् ।
चलचित्रको निर्देशन बंगलादेशी निर्देशक तनविन रफिकले गर्नेछन् । करिव ६० प्रतिशत सुटिङ नेपालमा नै गर्ने भनिएको यो चलचित्रमा नेपालको तर्फबाट अर्चनामात्र देखिनेछन् ।
यो चलचित्रको लागी बिभिन्न नेपाली नायिकाहरुको अडिसन लिएको भएपनि अर्चना सवैभन्दा उत्तम देखिएकी तथा बंगलादेशी नागरिकको अनुहारसँग मिल्ने खालकी देखिएको भएर उनलाई लिईएको निर्देशक रफिकले कार्यक्रममा जानकारी दिए । यो चलचित्रको छायांकन आउँदो मार्च महिनाबाट सुरुवात गरिने जानकारी दिईएको छ ।
Comments







