यसमा छापिएको समाचारप्रति भुल सुधार

फाइल तस्बीर

यसअघि यसै लिंकमा पोखरामा कोरोनाको संक्रमित फेला परेको समाचार असावधानी पूर्वक प्रकाशन हुन गएकोमा क्षमा प्रार्थी छौं । उक्त समाचार हटाइएको जानकारी समेत गराउँदछौं ।
स्रोतका अनुसार पोखरामा परीक्षणका क्रममा पोजेटिभ नै देखिए पनि नयाँ प्रयोशला भएको कारण पोजेटिभ हो वा हैन भन्ने तथ्य आउन बाँकी छ । काठमाडौंको प्रयोगशालामा परीक्षणका लागि पठाइएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
– सम्पादक

अपडेट समाचारः
पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं २१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कास्कीमा कोरोना संक्रमित हालसम्म फेला परेको जानकारी दिए । कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको उनले बताए ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताएका छन् । यसअघि, पोखरामा कोरोनाको संक्रमण फेला परेको बताइएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।