आज १० बजे जिआई प्लान्टमा वेल्डिङ गर्ने क्रममा आगोको झिल्का उछिट्टिएर नजिकैको डिजेल र तेजाब ट्याङ्कीमा आगलागी भएको बताइएको छ ।
आगलागीबाट बारा भथौडा-३ का कन्हैया साह र छातापिपरा ६ का २० वर्षिय नरेश पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लागि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरीको टोलीले प्रयास जारी राखेका छन् भने जिल्लामा भएका सम्पूर्ण दमकललाई परिचालन गरीएको छ । आगलागीबाट ठुलो क्षति भएको अनुमान गरीएको छ ।
Comments








