रौतहटमा सवारी दुर्घटना १ को मृत्यु, १७ जना घाइते

जेठ २० । रौतहटमा आज दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

रौतहटको गमहरिया ७ मा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । त्यहाँ ना ४ त १६३० नम्बरको ट्रक दुर्घटना हुँदा ११ वर्षिय सालहन हुसेनको मृत्यु भएको हो ।

यसैगरी, रौतहटकै चाँदीखोलामा एक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा १ ख ४७४ नम्बरको बस दुर्घटना उनीहरु घाइते भएका हुन् । घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरको उद्धार गरि स्थानीय अस्पतालमा उपचारार्थ पठाउने क्रम जारी छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।