भारतको ट्याग लागेका एमाले नेता झा फुलमाला लगाएर एमाओवादीमा

चैत २४ – बेला बखत भारतीय भन्दै आलोचित बन्दै आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका नेता रामचन्द्र झा शनिबार फुलमाला लगाएर एमाओवादीमा प्रवेश गरेका छन् ।

त्यसरी पार्टी प्रवेश गर्नेमा उनीसहित एमालेका पूर्व सभासद् लक्की शेर्पा, युवा मधेसी नेता हरेन्द्र राय यादवसहित विभिन्न कार्यकर्ता थिए । जसमा जसमा झालाई मधेसको प्रभावशाली नेता मानिन्छ तर उनी भारतीय भनेर भने पटक पटक आलोचनाको सिकार बन्ने गरेका छन् ।


एमाले पार्टीमा वैचारिक र सैद्धान्तिक असहमति जनाउँदै शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा एमाओवादी अध्यक्ष दाहालले कम्युनिस्टहरूबीच अहिले एकीकरण, ध्रुवीकरण र रूपान्तरण प्रक्रिया फेरि अघि बढेको जनाएका थिए ।

आज पार्टी प्रवेश गरेका झालाई महत्वपूर्ण जिम्मेवारी दिइने बताइएको छ । स्रोतका अनुसार स्थायी समितिमा कुराकानी पक्कापक्की भएपछि उनी एमाओवादीमा आएका हुन् ।

भारतद्धारा प्रदान गरिएको झाको आवासीय पत्र । जसको पुष्टि कसैले पनि गरेको छैन ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।