प्रख्यात महिलावादी लेखिका तसलिमा नसरिनले पोर्न स्टार सन्नी लियोन र खुलेखुलाम घोषणा गरेरै नांगिने मोडल पुनम पाण्डेप्रति घृणित रुपमा आलोचना गरेकी छन् ।
तसलिमाले उनीहरुलाई पोर्न स्टारलाई सेलिब्रेटी बनाउनु नै गल्ती भएको उल्लेख गरेकी छन् ।
महिलावादमा खरो रुपमा उत्रने उनले यसरी नांगिने क्रियाकलापलाई जारी रहन दिने हो भने तपाईहरुकी छोरी इन्जिनियर, डाक्टर, अध्यापक नभएर पोर्न स्टार बन्ने सपना बुन्न थाल्ने र समाज पुरै त्यही बाटोमा जाने बताएकी छन् ।

त्यसो त तसलिमाले यो नै पहिलो पटक उनीहरुका विरुद्ध आलोचना भने गरेकी होइनन् ।
उनले यसअघि पनि पुनमबारे ट्टिर तथा अन्य माध्यममा पनि खरो टिप्पणी गर्दै पुनमलाई फोहोरीको संज्ञा समेत दिन भ्याएकी छन् ।
उनले प्रयोग गर्ने शब्द यो हो कि पुनमका फोहोरी क्रियाकलाप अझै आउँन बाँकी नै छन्…

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।