जेठ २६ – एकीकृत नेकपा माओवादीलाई सहमतिमा ल्याउन भन्दै नेपाली कांग्रेस, नेकपा एमाले लगायत दलहरुले आज शक्ति प्रदर्शन र बृहत सभा गर्दैछन् ।

राजधानीको खुल्ला मञ्चमा हुने सो सभामा अहिले नेता तथा कार्यकर्ता जान सुरु गरेका छन् ।

प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामालाई पहिलो शर्त बनाएर कांग्रेस, एमाले, राप्रपा, जनशक्ति पार्टी, माले लगायत २२ दलले आजै सभाबाट थप आन्दोलनको घोषणा गर्ने बताएका छन् ।

आजको प्रदर्शन र सभालाई टे«लर मात्र भएको भन्दै धक्का आउने आन्दोलन शुरु हुन बाँकी रहेको उनीहरुले हिजो पत्रकार सम्मेलन गरेर चेतावनी दिएका छन् ।

असंवैधानिक तरिकाले संविधानसभा बिघटन गर्ने सरकार र माओबादीको  अधिनायकबादका बिरुद्ध  सडक संघर्षको सुरुवात गरिएको उनिहरुको भनाई छ ।

राष्ट्रिय सहमतिीका लागी प्रधानमन्त्रीले बाटो खुल्ला नगरे सडक संघर्ष थाल्ने उनिहरुको चेतावनी छ । दिउँसो १ बजेबाट खुलामञ्चमा हुने भनिएको आमसभामा २ लाख नागरिक उतार्ने उनीहरुले दाबी गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।