आज बिहान पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको एक विमान जोमसोम विमानस्थल नजिकै एक डाँडामा ठोक्किएर दुर्घटनामा परेको छ ।

सो अग्नि एअरको विमान दुर्घटना हुँदा विमानमा चालक दलका २
सदस्य सहित अग्नि एअरको ९ एन एआइजी विमान
दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मृत्यु
हुनेमा १३ भारतीय नागरिक र २ नेपाली छन् । चालक दलका पाइलट प्रभुशरण पाठक र सह-पाइलट एसबी महर्जनको निधन भएको समाचारमा जनाइएको छ ।

विमानमा सबै चालक विदेशी नागरिक रहेको र दुई जना बाहेक अरु भने छिमेकी भारतका नागरिक रहेको बुझ्न आएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार विमानको इन्डिकेटर फेल भएपछि जोमसोम विमानस्थलमा
प्लेन अवतरण नगराई पोखरा फर्काउन खोजिएको अवस्थामा दुर्घटना भएको जनाइए
पनि यकिन कारण खुल्न सकेको छैन ।

घाइते यात्रुहरु
आर एन्ड्रीअस र टी इमिली (डेनमार्क)
बालिका तिरुमाला किदाम्बी श्रीवर्द्धिनी र तिरुमाला किदाम्बी श्रीपाद  (भारत)
एयर होस्टेज रोसनी हाइजु (नेपाल)
पाँचैजनाको अवस्था सामान्य, अस्पतालबाट उपचारपछि घर फर्कन लागेका।
तिरुमाला किदाम्बी श्रीकान्थ (भारत)  मणिपाल शिक्षण अस्पतालमा आइसीयुमा उपचाररत

मृत्यु हुने
१) के. मामान्या
२) एसके अरोरा
३)एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान्  कुमार
१३) श्रीमती कुमार

                               भिडियो हेर्नुहोस


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।