अग्नि सापकोटा, हेडक्वार्टर सदस्य, नेकपा माओवादी केन्द्र

प्रदेश र केन्द्रको चुनाव गराउनुपर्ने समय थोरै छ । स्थानीय तह अन्तर्गत नै प्रदेश दुईको निर्वाचन गर्न पनि बाँकी छ । अब थोरै समय भएकाले यो अवधीमा दुई वटा निर्वाचन गर्न असाध्यै कठिन छ ।

त्यसैले एकैचोटी प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्दछ । एकैचोटी निर्वाचन गर्दा आर्थिक रुपमा पनि देशलाई फाइदा हुन्छ । जनतालाई पनि दुई पटक भोट हाल्न गइरहनु, पार्टी कार्यकर्तालाई दुई पटक चुनाव प्रचार प्रसार गरिरहनु भन्दा एकै पटक गर्दा सहज र सुविधा हुन्छ । त्यसैले देशलाई आर्थिक हिसाब र जनतालाई सहुलियतका हिसाबले यो एकै पटक गर्नुपर्दछ । 
राजनैतिक दलमा सहमति भयो भने अरु सबै जटिलता मिल्छ । यसो गर्ने हो भने जनताको हितमा नै हुन्छ । सरकारले अठोट गर्यो भने र निर्वाचन आयोगले चाहने हो भने यो सम्भव छ । मानव संशोधनको हिसाबले कुनै कमी छैन । (कुराकानीमा आधारित)
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।