श्री लालीगुराँस सहकारीको मुख्य कार्यालय प्रवेश गर्ने ढोका बन्द

काठमाडौं १९ असोज । पछिल्लो पटक विवाद र चर्चामा आएकोे ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालयको प्रवेशद्वार बन्द भएको छ ।

नेवार समुदायको सँस्कृतिसँग जोडिएको २ सय ६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा पुनर्निर्माण गर्ने क्रममा सहकारी कार्यालयको मुख्य प्रवेशद्धार बन्द हुन पुगेको हो । सहकारीले आफ्नो भवन बनाउँदा फल्चाको भाग समेत हडपेर बनाएको र अहिले त्यहाँ फल्चा पुननिर्माण हुँदा कार्यालयमा मुख्य प्रवेशद्धारबाट छिर्न नै नमिल्ने गरी बन्द भएको छ ।काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालयको प्रवेशद्वार फेरी बन्द भएको छ ।

समय फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले निरन्तर अवरोध गर्दै आएपछि
मगलबार ललितपुर नगर प्रहरी र स्थानिय प्रहरीको रोहबरमा सहकारीको भवन अगाडी रहेको समय फल्चाको १ आना १ पैसा सरकारी जग्गा जस्ताले बेरबार पारेसँगै सहकारीको मुख्य प्रवेशद्धार बन्द हुन पुगेको छ । यो सँगै सहकारीको भवन प्रवेशमा अवरोध भएको छ ।
यसअघि गत असोज ११ गते उच्च अदालत पाटनको पछिल्लो आदेशका आधारमा फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीको प्रवेशद्वारमै जस्ताले बाटो बन्द गराएर फल्चा निर्माण थालेको थियो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कर्मचारीलाई फल्चा निर्माणमा अवरोध गर्न खटाएपछि पुल्चोकबासीले गेट नै बन्द गरेर बार लगाएका थिए । सहकारीले भवनको नक्सा पास गराउँदा समेत उत्तर तर्फ ढोका र बाटो बनाउने उल्लेख गरेपनि नक्सापास विपरित पूर्व तर्फ बाटो र सटर बनाएको स्थानीयले बताउँदै आएका छन् । यसअघि नै फल्चाको जग्गा बेरबार गरेर पुननिर्माणको तयारी गरिएकोमा सहकारीले समय मागेपछि एक हप्ताका लागि समय दिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।