काठमाडौं १३ साउन
सरकारले सबै स्थानीय तहका सबै वडा केन्द्रसम्म ल्याण्डलाइन टेलिफोन पुर्याउन प्रक्रिया सुरु गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै वडा केन्द्रसम्म टेलिफोन पुर्याउन विवरण माग गरेको छ । मन्त्रालयले सबै नगर तथा गाउँपालिकालाई परिपत्र गर्दै नगर÷गाउँ कार्यपालिकको कार्यालय तथा कार्यालयको सबै वडा केन्द्रसम्म ल्याण्डलाइन टेलिफोन, सिग्नलहितको मोबाइल फोन, इन्टरनेट सुविधा भए÷नभएको पुगे/नपुगेको विवरण यथाशाक्य छिटो मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले इमेलमार्फत विवरण पठाउन माग गर्दै [email protected] अथवा [email protected] इमेल उपलब्ध गराएको छ ।
यसअघि, व्यवस्थापिका संसदको अर्थ समितिले देशका सबै स्थानीय तहमा टेलिफोन सेवा पुर्याउन सरकारलाई निर्देशन दिएको थियो ।
त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तीन महिनाभित्र सबै गाउँपालिकामा टेलिफोन पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।