काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्द सत्रमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने अधिकार प्रदान गरेकोप्रति निवर्तमान उपाध्यक्ष भिम रावलले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षको दाबेदार रावलले आफ्नो दाबी नछाडेपछि बन्द सत्रमा विष्णु पौडेलले सर्वसम्मत नेतृत्व चयन गर्ने जिम्मा ओलीलाई दिनुपर्ने प्रस्ताव राखेका थिए । ओली निकटका नेताहरुले ताली बजाएर उक्त प्रस्ताव पारित गरेपनि रावलले भने असन्तुष्टि जनाएका छन् । रावलले अहिलेसम्म अध्यक्षको दाबी छाडेका छैनन् । ओलीलाई उनलाई बरिष्ठ उपाध्यक्ष पद दिएर सहमतिमा आउन आग्रह गरेको पाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।